राजु पौडेल
झापा, चैत १२ । कोरना भाइरसको आ शंकामा झापाको भदपुरस्थित मेची अञ्चल अस्पतालमा १ जना बिरामीको आइसोलेसन बार्डमा राखेर उपचार भइरहेको छ । पाँच दिनअघि कतारबाट फर्किएका गौरादहका एक युवकलाई बार्डमा राखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पिताम्बर ठाकुरका अनुसार अहिले रगतकाे नमूना परीक्षण गर्न समस्या भएको छ । ‘रगत परीक्षण गराउन काठमाडौं नै पठाउनुपर्छ । अहिले प्लेन चलेको छैन,’ उनले भने, ‘यसले गर्दा समस्या भएको छ । कसरी पठाउने सल्लाह हुँदै छ ।’
त्यसका साथै झापामा अहिलेसम्म ४९ जना जनालाई क्वारेन्टाइन र ७६ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समिती सहायत कक्षका सचिव जीवन चौम्लागाईँले जानकारी दिए ।
उनका अनुसार मेचीनगर नगरपालिकामा २१, झापा गाउँपालिकामा ४, दमक नगरपालिकामा २१, कमल गाउँपालिकामा २ र गौरादह नगरपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै बिर्तामोड, वुद्धशान्ति, भद्रपुर, झापा गाउँपालिका, बाह्रदशी, कचनकवल, दमक लगायतका स्थानमा ७६ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
कोरोना सं क्रमित विरामीको उपचारका लागि झापामा अहिलेसम्म २७ वटा अस्पतालमा आइसोलेसन वार्ड व्यवस्था गरिएको छ । मेचीअञ्चल अस्पताल भद्रपुरमा ६, लाइफलाइन अस्पताल दमकमा ३, आम्दा अस्पताल ४, बिएण्डसी अस्पतालमा ६, एडभान्स अस्पताल दमकमा ३, दमक अस्पताल दमकमा २ र बिर्तासिटी अस्पताल बिर्तामोडमा ३ शैयाको आइसोलेसन वार्ड व्यवस्था गरिएको जिल्ला विपद् व्यवस्थापन समिती सहायता कक्षले जनाएको छ ।-न्यूज२४
Leave a Reply