अमेरिकामा सं क्रमण बढ्दै, म हामारीकाे अर्काे केन्द्र न्यूयोर्क हुनसक्ने चे तावनी

काठमाडाैँ, १० चैत । अमेरिकामा पछिल्लो समय काेराेना भाइरसकाे संक्रमण तीव्र भइरहेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ११७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको कुल संख्या ४ सय १९ पुगेको छ ।

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । बिबिसीका अनुसार न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘अप्रिलमा मार्चमा भन्दा अझ खराब स्थिति देखिन गइरहेको छ । र यस्तै अवस्था रहे अप्रिलभन्दा मे अझ खराब हुन सक्छ ।’

न्यूयाेर्क टाइम्सका अनुसार आइतबार नयाँ तथ्यांकहरूको खुलासा भएकाे छ कि अमेरिकाकाे न्यूयोर्क राज्यमा मात्रै अहिले विश्वव्यापी कोरोनाभाइरसकाे झन्डै ५ प्रतिशत घटनाहरू देखिएका छन् । अमेरिकाकाे सबैभन्दा व्यस्त व्यापारिक केन्द्र मानिने न्यूयाेर्कमा मात्रै १५ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण देखिएकाे छ, साथै न्यूयाेर्कमा मात्रै ११४ काे ज्यान गएकाे छ । जुन अमेरिकाका अन्य राज्यमा भन्दा बढी हाे ।

संक्रमणका हिसाबले विश्वमा चीनभन्दा दाेस्राे बढी संख्या इटलीमा र त्यसपछि अमेरिकामा देखिएकाे छ । अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा संक्रमण देखा परेकाे र ४१९ जनाकाे मृत्यु भएकाे हाे ।

न्यूयोर्कमा भएका घटनाहरूको संख्यामा पछिल्लाे समय उल्लेखनीय वृद्धि भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले परीक्षण गर्दै जाँदा कोरोनाभाइरस कति छिटो फैलिरहेकाे छ भन्ने प्रकट गरिरहेकाे बताएका छन् । न्यूयाेर्क विश्वमहामारीकाे अर्काे केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । त्यहाँ पछिल्लाे समय दिनैपिच्छे संक्रमितहरू बढिरहेकाे न्यूयाेर्क टाइम्सले जनाएकाे छ ।

जर्मनीमा प्रतिबन्ध कडा

उता कोरोनाको सङ्क्रमण बढ्दै गएपछि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्सलर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । उनी स्वयं पनि क्वारेन्टाइनमा बसेकाे जनाइएकाे छ ।

यसैगरी कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पुजास्थल लगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

हाल विश्वका एक सय ९१ देश र एउटा पानीजहाजमा काेराेना भाइरस फैलिएको छ । संसारभर अहिलेसम्म तीन लाख ३६ हजारभन्दा बढी व्यक्ति काेराेनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये ९७ हजार ६३७ जना उपचारपछि निको भइसकेका छन् । – एजेन्सीहरूकाे सहयाेगमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*