निजी विद्यालय ९ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने सरकारको प्रस्ताव

काठमाडौँ, चैत २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेश प्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो ।

हाल सामान्यत ः बिहान १०ः०० बजेदेखि ५ः०० बजे सम्म निजी विद्यालय सञ्चालन हुँदै आएका छन । छल फलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सरकारको प्रस्तावमा बारेमा थप छलफल गरिने उल्लेख गर्दै सामुदायिक विद्यालयसहित सबै विद्यालयलाई एकै तालिकामा सञ्चालनको नीति ल्याइए उचित हुने बताउनुभयो ।

काठमाडौँ उपत्यकाका कतिपय ठूला मानिएका निजी विद्यालयले टाढा टाढा विद्यार्थीलाई पनि आकर्षित गरी बसबाट ल्याउने लानेगर्न थालेपछि कार्यालय जाने र फर्कने समयमा यहाँको ट्राफिक व्यवस्थापनमा क’ठिनाइ हुँदै आएको छ। सरकारको नयाँ प्रस्तावले विद्या लयहरुले आफ्नो नजीकको क्षेत्रका विद्यार्थीलाई मात्र पढाउन बाध्य हुन सक्ने ठानिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ मा विद्यालय जोनिङ (क्षेत्र) को प्रबन्ध पनि गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*