काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्र’त्यारोपण गराएको १३ औँ दिनमै सार्वजनिक कार्यक्रममा सहभागि भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेको सार्क राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख प्रमुखहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुन प्रधानमन्त्री ओली लामो समयपछि आइतबार सिंहदरबार पुगेका हुन्।
मिर्गौला प्र’त्यारोपणका लागि फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्र’त्यारोपण गरिएको १० दिनमा शुक्रबार प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका थिए।
उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्ज भएपनि प्रधानमन्त्रीले अझै केहीसमय चिकित्सकको प्रत्यक्ष निगरानीमा बस्नुपर्ने र कुनै पनि कार्यक्रममा सहभागि हुन नहुने सुझाव दिएका थिए।
यद्यपि प्रधानमन्त्री भने आफ्नो स्वास्थ्य र चिकित्सकहरुको सुझावलाई वेवास्ता गर्दै भिडियो क’न्फ्रेन्समा सहभागि भएका छन्।
प्रधानमन्त्री ओली दौरा सुरुवाल लगाएर प्रधानमन्त्री निवास बालुवाटारबाट सिंहदरबार पुगेका थिए। प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित अन्य मन्त्रीहरु समेत बालुवाटार पुगेका थिए।
भिडियो कन्फ्रेन्समा नेपाल, भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स र भुटानबाट सरकार तथा राष्ट्रप्रमुखहरु समभागी भएपनि पाकिस्तानबाट भने स्वास्थ्य मन्त्रीले सहभागित जनाएका थिए।देश सञ्चार।
Leave a Reply