एजेन्सी – आइरिस डेभिसले जुन उमेरमा शरीर सुगठन प्रतियोगितामा भाग लिएकी छिन्, त्यो उमेरमा प्रायः मानिसहरु रिटायर्ड जीवन बिताइरहेका हुन्छन् ।
यसको अर्थ के होइन भने आइरिसलाई सानै उमेरदेखि शरीर सुगठनको इच्छा थियो । उनी त डिप्रेसनबाट बच्न जिमखाना जान थालेकी थिइन् । पहिलो पटक उनले विश्व रेकर्ड बनाएपछि ५० वर्ष यतासम्म उनी विश्वभरका शारीरिक सुगठनमा ध्यान दिनेहरुका लागि प्रेरणा बनेकी छिन् ।
आइरिस त्यति बेला जम्मा २२ वर्षकी थिइन् । उनको एक बच्चा र पतिको निधन भयो । त्यसपछि उनलाई डिप्रेसन भयो । यो दुखद घटनाबाट बाहिर आउन उनले जेठो छोरासँग लन्डन छोडिन् र क्यालिफोर्नियामा बस्न थालिन् । त्यहाँ नै उनले जिम जान थालिन् ।
सन् १९६० को दशकमा महिलाहरुका लागि जिम जाने कुरा अलिक अनौठो नै मानिन्थ्यो । कतिपय जिम खानामा त महिलाहरुलाई प्रवेश पनि गर्न दिइँदैनथ्यो । तर, उनले आफ्नो बाटो समातिसकेकी थिइन् । उनले कयौँ वर्ष मेहनेत गरिन् र ५० वर्षकी हुँदा एउटा प्रतियोगितामा भाग लिइन् । त्यसमा उनी दोस्रो भइन् ।
त्यसपछि उनले ६२ वर्षको उमेरमा फ्लोरिडा च्याम्पियनसिप जितिन् । उनी जुन प्रतियोगितामा जान्थिन्, त्यहाँ युवाहरुाको बाहुल्यता हुन्थ्यो । तर, च्याम्पियनसिप चाहिँ उनले नै जितेर छाडिन् ।
अहिले ७४ वर्षकी भएकी छिन् आइरिस । तर, उनी एकै पटकमा २१ पटक लगातार पुलअप्स गर्न सक्छिन् । जुन अहिलेका लागि विश्व रेकर्ड नै हो । अहिले उनीसँग १८ वर्षदेखि ८० वर्षसम्मका मानिसहरु तालिम लिन आउँछन् ।
Leave a Reply