काठमाडौं – राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा) का नेता कमल थापाले अमेरिकी विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्नेहरु नाङ्गिने बताएका छन् ।
देशभर एमसीसीविरुद्ध विरोध चर्किँदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै थापाले एमसिसीको विरो ध गर्नेहरु यो कार्यान्वयनमा आएपछी नाङ्गिने तर्क गरेका हुन् । उनले विगतमा चीनको सहयोगमा अरनिको राजमार्ग बनाउँदा नेपाल कम्युनिष्ट बन्ने भयो भन्ने स्याल हुईंया गरिएजस्तै अहिले एमसीसीको वि रोध भइरहेको तर्क गरेका छन् ।
थापाले लेखेका छन्, ‘त्यसबेला राजा महेन्द्रले कम्युनिज्म गाडी चढेर आउँदैन भनेझै अहिले अमेरिकी प्रभाव र स्वार्थ एमसिसीमा उडेर आउँदैन, प्रायोजित भ्रमबाट देशलाई माया गर्ने राष्ट्रवादीहरु सतर्क हुनुपर्छ ।’
उनले विदेशी सहयोगको विरो ध गर्ने प्रवृति गलत भएको बताउँदै मुलुकको विकासमा साहस र राष्ट्रवादी सोचको खाँचो रहेको बताएका छन् । ‘एकथरी चिनिया सहयोग ‘बिआरआई’को बिरोधगर्ने, अर्काथरी अमेरिकी सहयोग ‘एमसिसी’को बिरो ध । दुवै प्रवृत्ति गलत हुन,’ उनले भने, ‘तयुद्धकालिन बिश्व प्रतिस्पर्धामा राजा महेन्द्रले चिन, भारत, अमेरिका, रुस सबैको सहयोग लिएर नेपालमा बिकासको जग राखेका थिए, त्यस्तै दूरदर्शिता, साहस र राष्ट्रवादी सोचको अहिले खाँचो छ ।’
राष्ट्रवादको ढोल पिटेर जनतालाई वेवकुफ बनाउन र देशलाई नोक्सान पार्न खोजेको बताउँदै थापाले आफू मन वचन र कर्मले देशलाई माया गर्ने राष्ट्रवादी भएको दाबी गर्दै एमसिसी नेपालकै हितमा रहेको कुरा एकपटक मात्र नभइ हजार पटक भन्न सक्ने समेत थापाले ट्वीटरमा लेखेका छन् ।
Leave a Reply