एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले आफ्नो परिवारमा धर्मलाई लिएर कुनै चर्चा नहुने गरेको बताएका छन्।
भारतीय टेलिभिजन स्टार प्लसकाे डान्स रियलिटी शो ‘डान्स प्लस’ मा उनले भनेका छन्, ‘हाम्रो परिवारमा कहिल्यै पनि हिन्दू, मुसलमानको कुरा गरेका छैनौँ।’
शाहरुखले आफू मुसलमान (मुस्लीम) र पत्नी हिन्दू रहेको बताउँदै भनेका छन्, ‘मेरा सन्तान हिन्दुस्तान हुन्।’
शो मा प्रश्नको जवाफ दिँदै उनले भने, ‘सन्तान स्कूल जाँदा धर्म के हो भनेर भर्नु पर्छ। जब मेरी छोरी सानी थिइन् उनले आएर मलाई सोधिन हामी कुन धर्मका हौँ? मैले लेखिदिए हामी इन्डियन हौँ। कुनै धर्म छैन र हुनु पनि हुँदैन।’
Leave a Reply