आ त्मह त्याको खबर यी नायिकामाथि पर्‍यो भा री: श्र द्धाञ्जली दिनेहरुलाई भनिन्, ‘म अझैं जि उँदो छु’

एजेन्सी । ‘दिल तो ह्याप्पी हे जी’ बाट चर्चामा आएकी टिभी नायिका सेजल शर्माले शुक्रबार आफ्नो निवासमा आ त्मह त्या गरेकी छिन् । उनको श व पंखामा पछ्यौरामा झु ण्डिरहेको अवस्थामा भेटिएको थियो । मूल रुपमा उदयपुरकी सेजल आफ्नो आमा–बुवाको इच्छा विपरित सन् २०१७ मा मुम्बई आएकी थिइन् । सु साइड नोटमा उनले आ त्मह त्याको कारण डि प्रेशन बताएकी छिन् ।

उनको मृ त्युको खबर सुन्ने बित्तिकै प्रशंसक दुखी भए र इन्स्टाग्राममा उनको नामले बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । यो क्रममा धेरै प्रशंसकले यसै नामसँग मिल्दोजुल्दो अर्की नायिका सेजल शर्मालाई श्र द्धाञ्जली दिन सुरु गरे जसका कारण ती नायिकाले सोसल मिडियामा स्पष्टिकरण दिनुपर्‍यो ।

सेजल शर्मालाई श्र द्धाञ्जली दिन थाले प्रशंसकः

सेजलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखिन्, ‘हेलो, म आफ्ना सबै साथी र प्रशंसकलाई आफू जि उँदो भएको जानकारी दिन चाहन्छु । म नायिका सेजल शर्माको आ त्मह त्याको खबर सुनेर स्त ब्ध र दु खी भएकी छु । म सबैलाई यो आग्रह गर्न चाहन्छु कि यदि तपाईं जीवनमा दुःखी र डिप्रस्ड हुनुहुन्छ भने कृपया मृ त्युलाई अँगालो नहाल्नुहोस् । आ त्मह त्या कुनै पनि समस्याको हल होइन । मिडियाले मेरो तस्बिर प्रयोग गरेकोमा पनि रु ष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तबीच निकै को कोहोलो मच्चिएको थियो ।’-रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*