डोनाल्ड ट्रम्पका ट्रेजरी सेक्रेटरी स्टिभन मनुचिनले जलवायु संकट अभियन्ता ग्रेटा टुन्वर्गलाई कलेज गएर अर्थशास्त्र पढ्न सल्लाह दिएका छन्।
टुन्वर्गले स्वीट्जरल्यान्डको डाभोसस्थित वर्ल्ड इकोनोमिक फोरममा जीवाष्म इन्धनमा गरिने लगानी घटाउन आह्वान गरेलगत्तै अमेरिकी मन्त्रीले उनलाई यस्तो सल्लाह दिएका हुन्।
‘के उनी प्रमुख अर्थशास्त्री हुन्? को हुन् उनी, म दुविधामा छु,’ मनुचिनले भनेका थिए, ‘कलेजमा गएर अर्थशास्त्र पढेपछि फर्केर उनले यी कुरा हामीलाई व्यख्या गर्न सक्छिन्।’
ट्विटरमा यसको जवाफ दिँदै टुन्वर्गले कार्बन बजेटको अवस्था बुझ्न कलेजको डिग्री आवश्यक नपर्ने बताएकी छन्।
Leave a Reply