प्रदिप दास, दमक । झापामा ४२ लाख बराबरको सम्पती लिएर एक महिला बे,पत्ता भएकी छन् । दमक नगरपालिका १ श्रीजंगा टोलकी २७ बर्षीय भोजी माया श्रेष्ठ पौडेल (निशा) १५ धुर जग्गा बेचेको रु १० लाख, बिदेशबाट श्रीमानले पठाएको रु २० लाख, सुन लगायत घरयासी समान बिक्रि गरी रु ४२ लाख लिएर बे,पत्ता भएकी हुन् ।
उनका श्रीमान् बैदेशिक रोजगारीका शिलशिलामा साउदी अरबमा थिए । त्यहि बेला अर्थात २०७६ मसिंर २३ गते माइत जान्छु भनेर हिडेकी र हाल सम्म पनि बे,पत्ता छिन् । उनका श्रीमान गणेष श्रेष्ठ पनि अहिले नेपाल आएका छन् । उनि दिनरात श्रीमतीको खोजिमा भौतारिएका छन् । तर अझैसम्म पनि निशा कहाँ छिन् भन्ने पत्ता लागेको छैन ।
गणेष भन्छन् – उनकै आग्रहमा म बिदेश हानिए भए भरको सबै पैसा उनलाई पठाए , तर अहिले न श्रीमती छिन् नत पैसा , म’र्नु न बा’च्नु भएको छु ।, उनिहरुका दुई छोरीहरु छन् । आमा बे,पत्ता भएपछि उनिहरुको बिचल्ली भएको छ ।
त्यति मात्र होइन उनले भए भरका सबै सहकारी संस्थाबाट पनि ऋण लिएकी रहीछन् । अहिले दिनहु घर घेर्न साहु तथा वितिय संस्थाका मान्छे आउँने गरेको गणेष बताउछन् । निशाले नानीहरुको स्कुल फि पनि पहिले तिरेको भनेकी र अहिले श्रीमान आएर बुझ्दा नतिरेको र आफुले तिरेको गणेषले बताए । बिदेश गएको १ बर्षपछि एका एक श्रीमतीमा परिवर्तन आएको तर आफु निरन्तर बिश्वास गरेर रकम पठाउने गरेको गणेषले पत्रकार सम्मेलनमा बताए ।
उनि बिदेश मै भएको बेला उनका बाबुले अपराध महाशाखा टेकुमा निबेदन दिएका थिए । मोबाईल एपमार्फत लोकेशन चेक गर्दा चितवन भएको थाहा भयो र आफन्त मार्फत चितवन प्रहरीमा निबेदन दिइएको थियो । तर प्रहरीले अहिलेसम्म पत्ता लगाएको छैन । यस्तै खोज तलासका निमित्त माईती नेपालमा पनि निबेदन दिइएको गणेषले जानकारी दिए ।
छिमेकी इक्सा सम्बामफेका अनुसार उनिहरुको बिहे भएको १२ बर्ष भयो । निशाले यसअघि पनि विभिन्न संस्थाहरुबाट ऋण लिएर सकेको र श्रीमानले जग्गा बेचेर ऋण तिरिदिएको बताईन् । पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गदै गणेषले श्रीमतीको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन् । पठाई लेखाई नभएका सोझा गणेषलाई झुक्याएर श्रीमती फरार भएको छिमकीहरु बताउँछन् ।
Leave a Reply