सांसद मनाङेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झा’पड हा नेपछि

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङ माथि कु’टपिट गरेका छन् । मुख्यमन्त्री कप फुटबल प्रति योगिताको व्यवस्थापन प्रति असन्तुष्टि जना उँदै उनले कु’टपिट गरेको जनाइएको छ । प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेका अध्यक्ष गुरुङलाई मनाङेले झा’पड हानेका थिए ।

‘सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । हामीले दिन सक्दैनौं भनेपछि हा’तपात गरे।’, अध्यक्ष गुरुङले भने। ‘उहाँले म माथि जे जस्तो व्यवहार गरे पनि मैले सांसदको अपमान गर्न चाहिनँ । आज खेलको उद्घाटन भएकाले केही गरिनँ, अब कानूनी बाटो रोज्छु ।’ मनाङेले मु’क्का र लात्ती हानेको गुरुङले आ’रोप लगाए।

मनाङबाट खेल्न आएका खेलाडीलाई खान तथा बस्नको लागि पैसा दिनु त परको कुरा खेल्ने ग्राउण्ड समेत नदिएको आ’रोप लगाउँदै सांसद मनाङेले भने, ‘व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झा’पड हानेको हुँ।’ मुख्यमन्त्री कप लेखनाथको भण्डार ढिकमा मंगलबार देखि शुरु भएको हो । मनाङको खेल बुधबार शुरु हुनेछ । प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*