गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हा’तपात गरेका छन्। मंगलबारदेखि सुरु भएको प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि हा’तपात भएको हो।
मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका सांसद मनाङले खेलाडीलाई बस्ने व्यवस्था नमिलाएको भन्दै अध्यक्ष गुरुङसँग वि’वाद भएको थियो।
सोही वि’वाद उ’त्कर्षमा पुगेपछि अध्यक्ष गुरुङमाथि सांसद् मनाङेले हा’तपात गरेका हुन्। मनाङले आफ्नो खेल सुरु हुनु अगावै खेलाडी पोखरा ल्याएको भन्दै त्यसको व्यवस्थापन गर्न नसकिने एन्फा अध्यक्ष गुरुङले बताएका थिए।
Leave a Reply