वीरगन्ज । प्रहरीका असई (सहायक निरीक्षक) बनाइदिन्छु भन्दै ठ’गी गर्ने दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प’क्राउ परेका छन् । नेकपाको प्रदेश नम्बर २ को प्रदेश कमिटी सदस्य रहेका रामबाबु बैठा पी’डित पक्षको उजुरीका आधारमा पक्’राउ परेका हुन् ।
रौतहटको मौलापुर–७ का प्रदीप कुमार साह कानुले दिएको उजुरीका आधारमा बैठालाई पक्’राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
कानुले बैठासँगै सुनिल चौरसियाविरुद्ध पनि उजुरी दिएका थिए । पर्सा प्रहरीले बैठा र चौरसियाविरुद्ध ठ’गी मुद्दामा अनुसन्धान शुरु गरेको थियो । प्रहरीका अनुसार नेकपा नेता बैठाले असई बनाइदिन्छु भन्दै ५ लाख रुपैयाँ लिएको पी’डित पक्षको दाबी छ ।
Leave a Reply