काठमाडाैं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मुलुकको विकासका लागि संघीय, प्रदेश र स्थानीय गरी तीनवटै सरकार लागि परेको बताएकी छन्।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको शनिबार उद्घाटन कार्यक्रममा मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रको खानेपानी, शिक्षा, सडक पूर्वाधार, स्वास्थ्यलगायत विकासमा आफू लागि परेको बताइन्।
उनले कञ्चनपुरको दक्षिण क्षेत्रलाई ओझेलमा पर्न नदिने स्पष्ट पारिन्। ‘शुक्लाफाँटा पर्यटनको आकर्षणको केन्द्रविन्दु परेको छ,’ मन्त्री मगरले भनिन्, ‘वन्यजन्तुबाट समस्या भएकाले केही कठिनाइ छ ।’
Leave a Reply