काठमाडौं : पसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले निर्याय गरेको थियो । शनिबार सचिवालय बैठकले निर्णय गरेको भए पनि उनले भने राजीनामा दिन अस्वीकार गरेकी छिन् । पार्टी निर्णयपछि बालुवाटार पुगेकी तुम्बाहाम्फेले पार्टी अध्यक्षद्वयसँग आफूले कुनै हालतमा पनि राजीनामा नदिने अडान लिएकी छिन् ।
यिनै पछिल्ला घटनाक्रम, सभामुख चयन, उपसभामुखबाट राजीनामा दिन पार्टीले दिएको निर्देशन, संसद बैठक र उनको आगामी कदम, लगायतका विषयमा हामीले उप सभामुख शिवमाया तुम्बाहाम्फेसँग खबर हवले कुराकानी गरेको छ । उनले भनिन- म एउटा संस्थाको दोस्रो नेतृत्वमा बसेको र प्रतिनिधिसभाको नेतृत्व तहमा नेतृत्व गरिरहेको व्यक्ति ।
व्यवस्थापिका तहको नेतृत्व तहमा बसेको व्यक्ति, जसलाई एउटा दलले निर्देशन जारी गरेर पद रिक्त गर भन्न पाउने अवस्था रहँदैन । संवैधानिक रुपमा त्यो भन्न पनि मिल्दैन र भन्न पाइदैन पनि। तर, म त्यो दलसँग नजिक रहेका कारण जसले उसभामुख बन्नका लागि उहाँहरुले पहिला मलाई आग्रह गर्नुभएको थियो, जुन बेला मैले मानेको अवस्था पनि थिएन । म त्यही बेला उपसभामुख बन्दिनँ भनेर भनिसकेका थिए ।
तर अन्तिममा उहाँहरुले आग्रह गरेपछि दललाई आपत पर्छ कि भनेर नोमिनेशन गरेको अवस्था थियो। त्यही कारण त्यो दलले आग्रह गर्नु पर्छ होला। तपाईंले पनि भन्दै हुनुहुन्छ नि निर्देशन जारी गरेको कुरा, निर्देशन जारी गर्न मिल्दैन दलले एउटा संस्थाको प्रमुख लाई । नेकपाका दुईजना अध्यक्षलाई मैले भनिसकेको छु– तपाईंहरु निकास छिटो दिनुस् । यो भन्दा अघि दिनुपर्थ्यो दिनुभएन । नदिएपछि मैले छिटो छलफल गर्न भनेको थिएँ ।
Leave a Reply