सलमानले सुदीपलाई दिए डेढ करोडको कार उ पहार

एजेन्सी : अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ ले बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ। फिल्मको कमाईबाट सलमान निकै खुसी छन् । उनको दिल कति ठूलो छ भन्ने कुरा सबै जान्दछन् । कमाईको अधिकांंश रकम सामाजिक कार्यमा खर्चिने उनले ‘दबंग ३’ का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदीपलाई उपहार दिएर धन्यवाद व्यक्त गरेका छन् ।

सलमान उपहार लिएर सुदीपको घरमै पुगेका थिए । सलमानले सुदीपलाई डेढ करोडको कार गिफ्ट गरेका हुन् । यसको खुलासा सुदीप स्वयंले गरेका हुन् । उनले इन्स्टा ग्राममा पोस्ट गर्दै सलमानलाई धन्यवाद भनेका छन् । ‘यदी तपाईं राम्रो काम गर्नु हुन्छ भने तपाईंसँग सधैं राम्रो हुन्छ । सलमान सरले मलाई यो लाइनमा भरोसा गरेर जिउन सिकाउनुभयो,’ उनले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘सलमान सर मेरो घर उपहारसहित आउनुभएको थियो । BMW M5, एउटा प्यारो उपहार । मलाई र मेरो परिवारलाई प्रेम दिनु भएकोमा तपाईंलाई धन्यवाद । तपाईंसँग काम गर्न र तपाईं मेरो घरमा आउनु मेरो लागि सौभाग्यको कुरा हो । किच्चा सुदीप आफू सलमान खानको निकै ठूलो फ्यान रहेको बताउँछन् । उनी सलमानलाई निकै आदर गर्ने गर्दछन् ।

सलमानको ‘दबंग ३’ र ‘गुड न्यूज’ एक हप्ताको अन्तरमा प्रदर्शन भएका थिए । पपुलारिटी देखि कमाईसम्म ‘गुड न्यूज’ ‘दबंग ३’ माथि भा’री परेको छ । फिल्मको प्रचारमा समेत सलमानले निकै मेहेनत गरेका थिए । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्न सकेन । यद्यपि, फिल्मले लगानी भने सुरक्षित गरेको छ । फिल्मका निर्देशक प्रभु देवा हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*