पार्टीभित्र गुट र यस्तै कि’चलो भैरहे कांग्रेसमा भोटहाल्न मेरो हात पनि काँ’प्छ : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् ।

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन् ।

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

शशंाक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उनले भनिन्, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*