१० रुपैयाँमै पेट भर खाना

काठमाडौं, पुस १८ । अहिलेको महंगीमा १० रुपैयाँमै पेटभर खाना खान पाइन्छ भन्दा ठट्टाजस्तो लाग्न सक्छ। ठट्टा होइन, यो यथार्थ हो।

विराटनगरमा १० रुपैयाँमा पेटभर खाना खाने प्रवन्ध मिलाइएको छ।

लामो समय राजनीतिमा सक्रिय विराटनगरका समाजसेवी दिलीप धाडेवालको अगुवाईमा १० रुपैयाँमै भरपेट खाना खाने प्रवन्ध मिलाइएको खबर आजको नागरिक दैनिकमा विराटनगरबाट विनोद सुवेदीले लेखेका छन्।

१० दिन पहिले काली मन्दिर अगाडि १० रुपैयाँमै भरपेट खाना खुवाउन थालिएको हो।

खाना खानेको संख्या बढ्दै गएपछि साँघुरो भएकाले बिहीबारदेखि जैन भवनअघि खुवाउन थालिएको छ।

यो अभियानलाई दीर्घकालसम्म सञ्चालन गरिने धाढेवालले बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*