एजेन्सी- बलिउड स्टार अनुष्का शर्मा र टिम इण्डियाका कप्तान विराट कोहलीले केही समय आफ्नो जाडो विदाका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए।
यी सेलिब्रेटी जोडी क्रिसमस र नयाँ वर्ष स्विटजरल्याण्डमा बिताइरहेका छन्। यसअघि दुवैले भुटानको यात्रा गरेका थिए। उनीहरूले यात्राका थुप्रै तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए।
विराटले हालै एक तस्बिर सेयर गरेका छन्। जसमा अनुष्काको अनुहार मुस्कुराइरहेको र उज्यालो छ।
विराटले आफ्नो इन्स्टाग्राम स्टोरीमा यी तस्बिर सेयर गर्दै एउटा क्याप्सन लेखेका छन्।
फिल्म ‘जिरो’पश्चात् कुनै पनि फिल्म अनुष्का देखिएकी छैनन्। जिरोमा शाहरुख खान र कटराना केफको साथ उनी देखिएकी थिइन्।
विराट कोहलीले हालै वेस्ट इन्ड्रिजको साथ २०-२० म्याचमा टिम इण्डियालाई जिताइसकेका छन्।
Leave a Reply