काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ बढाएको हो।
बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढे पनि हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ।
भाउ बढेसँगै काठमाडौँ, सुर्खेत र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम भएको छ।
पेट्रोलको मूल्य पोखरा र दाङमा प्रति लिटर १ सय १० रुपैयाँ ५० पैसा कायम हुँदा तराई क्षेत्रमा प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा पुगेको छ।
डिजेल र मट्टितेलको मूल्य काठमाडौँ, सुर्खेत र दिपायलमा प्रतिलिटर १ सय रुपैयाँ पुग्दा पोखरा र दाङमा ९९ रुपैयाँ ५० पैसा कायम भएको छ। डिजेल र मट्टटीतेलको मूल्य तराईमा भने ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको निगमले जनाएको छ।
निगमले गत मंसिरमा मात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले भाउ बढाएकाे थियाे। नेपाल आयल निगमले आफ्नो ५०औँ वार्षिकोत्सव आगामी पुस २६ गते मनाउँदैछ।
Leave a Reply