आफ्नो खाजा ख र्च ब चाएर महावीर पुनलाई दिँदै विद्यार्थी

काठमाडाैं । आफ्नो खाजाको रकम बचाएर काठमाडौँ चावहिलस्थित एपेक्स लाइफ स्कूल र त्यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार पाँच प्रदान गरेका छन् ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गरे ।

नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले बताए ।

‘सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सिर्जनात्मक काम भनेर साङ्केतिक रुपमा हामीले सहयोग गरेका हौँ,’ विद्यालयका निर्देशक न्यौपानेले भने ।

सो अवसरमा केन्द्रका सञ्चालक महावीर पुनले खोज अनुसन्धानमा राज्यले सहयोग नगरेको र न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नभएको अवस्थामा पनि जनस्तरको सहयोगमा अनुसन्धानका कार्यहरु भइरहेको उल्लेख गरे ।

केन्द्रमा विद्यार्थीले आफूले कुनै विषयमा अनुसन्धान गर्न चाहेमा आवश्यक सहयोग र सुविधा प्राप्त गर्नसक्ने उनले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*