काठमाडौ । पौडीमा सनसनी मच्चाइरहेकी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा एउटै संस्करणमा चार स्वर्णपदक जित्ने पहिलो नेपाली बनेकी छन् ।
पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रिस्टाइलमा भारतकी शिवांगी शर्मालाई उछिन्दै १७ वर्षीया गौरिकाले यो सफलता हात पारेकी हुन् ।
उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन्। भारतकी शिवांगी शर्माले रजत जितिन्। उनले निर्धारित दूरी ५८ दशमलव १५ सेकेन्डमा पार गरिन्। गौरिकालाई पौडीको अन्तिम दिन सोमबार दीपक विष्टको कीर्तिमान बराबरी गर्न सफल भइन्। तेक्वान्दोका विष्टले नेपालका लागिचार स्वर्ण चार संस्करणमा जितेका छन्।
१३औँ सागमा गौरिकाले ४ स्वर्ण सहित २/२ वटा रजत र कांस्य समेत जितेकी छन्। यो संगै अहिले नेपालको स्वर्णको संख्या ४९ पुगेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी प्रतिस्पर्धाको पाँचौ दिन सोमबार १ सय मिटर फ्रि–स्टाइलमा १७ वर्षीया गौरिकाले स्वर्ण हात पारेसँगै दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा ४ स्वर्ण प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
र विभिन्न संस्करणमा गरी ४ स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्ट पनि हुन् । स्वर्ण जितेसँगै गौरिकाले हर्षाश्रु बगाइन् । गौरिकाले स्वर्ण प्राप्त गरे थाहा पाउने बित्तिकै बाबु आमाले एकअर्कालाई अँगालोमा समेत बाँधे । गौरिकालाई बाबु आमाले उनलाई चुम्बन् गर्दै खुसीयाली मनाए । ईकान्तिपुर
Leave a Reply