जब बेलायतका प्रधानमन्त्री जोनसनले पत्रकारको मोबाइल खो से…

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई एक रिपोर्टरको मोबाइल खोसको आरोप लागेको छ । सोमबार, लन्डनको एक स्थानीय टिभी च्यानलका एक रिपोर्टरले उनलाई अस्पतालको भुइँमा रहेको एउटा बच्चाको तस्बिर देखाउन खोजेका थिए।

तस्विरमा बच्चा सरकारी अस्पतालको वार्डमा रहेको अक्सिजन मास्कको छेउमा सुतिरहेको थियो। सुरुमा जोसनले तस्वीर हेर्न अस्वीकार गरेका थिए । पछि पत्रकारले ढिपी गरेपछि उनी आक्रोसित बनेका थिए ।

तर पछि मोबाइल लिए र त्यसलाई आफ्नो खल्तीमा राखेका थिए । यो सम्पूर्ण घटनाको भिडियो समेत सामाजिक सञ्जाल र मिडियाहरुमा भाइरल भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*