जापानी भाषा प रीक्षामा नेपालकाे सबैभन्दा क मजोर नतिजा

काठमाडौं, मंसिर २४ । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ।

गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको देखिएको खबर आजको कारोबार दैनिकले छापेको छ।

जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका छन्।

सबैभन्दा बढी मंगोलियाबाट ६१ र नेपालबाट ११ प्रतिशतमात्र उत्तीर्ण भएका फाउन्डेसनले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*