काठमाडौं । जिल्ला विकास समितिको कार्यालय मुगुले पुल निर्माणमा भैरहेको लापरवाहीमाथि निगरानी सुरु गरेपछि पुल निर्माणको काममा ठेकेदार पक्षको टाउको दु’खाइ सुरु भएको छ । माटो परीक्षण नगरेको र डिजाईन स्टिमेटमै समस्या रहेको भन्दै जिविसले ठेकेदार कम्पनीलाई प्रश्न गरेर काम रोकिदिएको थियो । कामको गुणस्तर माथि प्रश्न गरेपछि निर्माणको काम प्रभावित बन्यो ।
त्यो बेला देखि अलपत्र अवस्थामा रहेको निर्माणले त्यसपछि पैशा चाँही खाइरह्यो तर नतिजामा प्रगति पटक्कै देखिएन । कहिले पुल बन्ला र आरामले नदी आरपार गरुँला, जीवनमा थोरै भए पनि सुख होला भन्ने आशा साँचेर बसेका स्थानीयको आशा बीचमै अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले पुल निर्माणको काम रोकिएपछि स्थानीय तुइनको सहारामा नदी पार गर्न र आफ्नो दैनिकी चलाउन बाध्य छन् ।
यता प्रधानमन्त्रीले बारम्बार तुइन विस्थापितको भाषण दिइरहने उता विकास निर्माणमा देखिएको चरम भ्रष्टाचारले नागरिकहरु तुइनको सहारा लिन बाध्य भैरहने अवस्था कर्णालीमा टरेको छैन । तुइन विस्थापितको नारालाई यो बेहाल अवस्थाले एकातिर गिज्याइ रहेको छ भने, अर्कोतर्फ प्रधानमन्त्रीको भ्रष्टाचार सहन्न भन्ने बारम्बारको भाषणलाई पनि व्यवहारतः असफल र खोक्रो सावित गरिदिएको छ ।
दुई पटकसम्म म्याद थप्दा पनि काम अगाडि नबढ्दा भट्यचौर रुगा जोड्ने पुल कहिले बन्ने हो टुंगो छैन । यो आर्थिक बर्षको बाँकि महिनाको कामको प्रगती हेरर ठेक्का म्याद थप गर्ने वा पुनः ठेक्का तोडेर अगाडि जाने अ’न्योल कायमै छ । ठेकेदारलाई कारवा ही गर्ने तयारीमा सरोकार वाला निकायको तयारी पनि देखिएको छैन । जिल्लामा भएका ठूला आयोजनाहरु जस्तै ताल्चा बिमान स्थाल, बिघुतको ठेक्का, जिल्ला अस्पताल निर्माण लगायतमा पनि ठेकादारहरुको ला’परवाहीले यही अवस्था उत्पन्न भएको थियो । पछि ठेक्का नै तोडेर कामलाई नयाँ ढंगले अगाडि बढाइएको पुरानो नजिर पनि छ ।
बिभिन्न समयमा जिल्लामा यो पुलको विषयमा छलफल भएको छ । अहिले पुनः म्याद थप गर्नको लागी सोरोकारवाला संग पहल भैरहेको चर्चा पनि छ। केही महिना काम गर्ने समय हुँदाहुँदै पनि म्याद थपको माग गर्ने र ठेक्का लम्ब्याउने रोगले यस्ता निर्माण अयो जनाहरुलाई ग्रसित बनाउँदै आएको छ । पुल नबन्दा स्थानीयलाई सदरमुकाम गमगढी बजार र नदी तरेर जानुपर्ने आसपासका गाँउमा पुग्न निकै कठिन भएको छ ।
पुल नहँुदा निकै समस्या भएको भन्दै कहिले नदि तरेर त कहिले लामो बाटो पार गरेर जानुपर्ने बाध्यतामा स्थानीय छन् । पुल नबन्दा यहाँका अन्य सानातिना विकासका कामदेखि खाद्यान्न ढुवानी र स्थानीयको दैनिक जीवनमा थप समस्या परिरहेको छ । पुल बना उन सुरु भएको ४ बर्ष बितिसक्यो तर प्रगति नगन्य छ । कामै नगरेको ठेकेदारलाई कारवाही गर्नुको सट्टा उसैलाई पुनः ठेक्का थपेर दोस्रो सम्झौता हुनु आफैमा विवादास्पद बनेको छ ।
त्यसमाथि दोस्रो ठेक्का म्यादमा पनि ठेकेदारबाट तोकिए बमोजिमको काम र नतिजा हासिल नहुनु लज्जास्पद विषय बनेको छ । स्थानीयले अहिलेका ठेकेदारसँग ठेक्का तोडेर उनलाई का’रवाही गर्न र नयाँ प्रकृयाबाट कामलाई द्रुत अघि बढाउन माग गरेका छन् ।स्थानीयको दवाव बढेपछि केही दिन अघि आशिस पृथ्बी जे.भी कम्पनिका ठेकादारलाई प्रदेश सरकारको कार्यलयमा बोलाएर १ हप्ताभित्र काम सुरु गर्नेछु भनि लिखित कागज समेत गराईएको थियो ।
यही बीचमा पुलको स्थलगत निरीक्षणमा पुगेका कर्णाली प्रदेश सरकारका प्रमुख मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अब केन्द्रबाटै ठेक्का तोक्ने र उतैका ठेकेदार र कर्मचारीहरुको हालिमुहाली चल्ने स्थिति अन्त्य हुने बताए । स्थानीयले आफ्ना विकास निर्माणका काम मा चासो बढाउन र खबरदारी गर्न पनि उनले आग्रह गरेका थिए ।
Leave a Reply