नेपाली से नामा किन ब ढ्दै छ श क्तिराष्ट्रको चा सो?

काठमाडौं, मंसिर २२ । नेपाली सेनामा प्रभाव जमाउन अमेरिका, चीन र भारतबीच होडबाजी छ। नेपालमा उनीहरूको प्रतिस्पर्धा र परस्पर विरोधी चासो देखिन थालेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले असोज अन्तिम साता नेपाल भ्रमणका वेला नेपालमा अमेरिका र पश्चिमा मुलुकहरूले चीनविरोधी गतिविधि गरिरहेको संकेत गर्दै त्यस्ताको हड्डी नै धुलोपीठो पारिदिने चेतावनी दिएका थिए ।

उनी बेइजिङ फर्केको दुई साताभित्र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा चीनले नेपाली सेनालाई साढे दुई अर्ब रुपियाँबराबरको सैन्य सामग्री हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर भयो ।

पोखरेलको भ्रमणका वेला मानवीय सहायता तथा प्रकोप व्यवस्थापन, सेनाको पहलमा स्थापना हुन लागेको प्रतिरक्षा विश्वविद्यालयमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भयो । राष्ट्रपति सीको भ्रमणकै वेला प्रतिरक्षा विश्वविद्यालयको पूर्वाधार निर्माणसम्बन्धी सम्झौता गर्ने तयारी भए पनि अन्तिममा नेपाल एजेन्डाबाट हटाएको थियो ।

अमेरिकी रक्षा सहकायमन्त्री रेन्डल जी स्क्राइभरसँग रक्षामन्त्री पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रतिरक्षा विश्वविद्यालय, मानवीय तथा प्रकोप व्यवस्थापन, द्विपक्षीय सैन्य अभ्यास र तालिमलगायत विषयमा छलफल गरे ।

सहायकमन्त्री स्क्राइभरले २० मंसिरमा कूटनीतिक संवाददाताहरूसँग भनेका छन्, ‘इन्डो–प्यासिफिक (हिन्द–प्रशान्त) मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले २० मंसिर बिहान कमलादीस्थित अमेरिकी राजदूत निवास कमलकुञ्जमा भने, ‘हामी नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन चाहन्छौँ । सेनाको आधुनिकीकरणमा सघाउँछौँ । विश्वविद्यालयको भौतिक पूर्वाधार र कोर्स छनोट, पाठ्यक्रम निर्माणमा सघाउँछौँ । नेपाली सेनालाई चाहिएको सहयोग गर्छौँ।’

नेपालमा अमेरिका र चीनको चासो पछिल्लोपटक सुरक्षा क्षेत्रमा बढिरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्। उनीहरूको प्राथमिकतामा नेपाली सेना स्पष्ट देखिएको छ।

सेनालाई अमेरिकाको दुईवटा स्काइ ट्रक २९ मंसिरमा प्राप्त हुँदै छ । शान्ति स्थापक सेनाले प्रयोग गर्ने गरी अमेरिकाबाट करिब १० हजार थान एम १६ हतियार किन्ने प्रक्रिया अघि बढेको छ । सैनिक स्रोतका अनुसार अहिले एलसी खोल्ने प्रक्रियामा छ ।

भारतीय सेनामा नेपाली कार्यरत छन् । नेपाल र भारतका प्रधानसेनापति एकअर्काका मानार्थ सेनापति हुन् । नेपाललाई भारतले ‘चीनलाई डिल गर्ने प्रतिरक्षा नीति र कूटनीतिक ढाँचा’ ले डिल गरिरहेको छ ।

रक्षा मन्त्रालय सम्बद्ध थिंक ट्यांक आइडिएसएका नेपाल विज्ञ डा. निहार नायकका शब्दमा नेपालमा भारतको प्रमुख चासो सुरक्षा हो र यही चासो सम्बोधन गर्ने क्षमताका राजदूत यहाँ काम गर्छन् ।

‘सांस्कृतिक सम्बन्ध सञ्चालन गरिरहनुपर्दैन, यो स्वतः हुँदै आएको छ, भारतको राज्य संयन्त्रले नेपालमा काम गर्ने भनेको सुरक्षामा नै हो,’ नायकले भने । खुला सीमाना भएका कारण नेपालमा भारतविरोधी गतिविधि, नक्कली नोटको कारोबारबाहेक चीन र अमेरिकाको प्रभावसँग भारतको परम्परागत सुरक्षा चासो पनि छँदै छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*