काठमाण्डौ : नेपालले एथ्लेटिक्स अन्तर्गत पौडीमा अर्काे एउटा पदक थपेको छ। जारी सागमा तेस्रो स्वर्ण जित्दै गौरिका एउटै सागमा ३ स्वर्ण जित्ने पहिलो महिला एथ्लिट बनेकी छिन। गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जितेकी हुन् । उनले पौडीको चारसय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरेकी हुन् ।
सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन। उनले भारतीय पौडीवाज शिवांगी शर्मालाई प’राजित गरेकी छन। शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरेकी थिइन । शिवांगीले रजत पदकमा चित्त बुझाउनु पर्यो । श्रीलङ्काकी रमुदी सहाराले कास्य पदक जितिन ।
सहाराले चार मिनेट ४९ दशमलब १० सेकेण्डमा चारसय मिटर दूरी पार गरेकी थिइन । गौरिकाले स्वर्ण दिलाए सँगै नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ४४ स्वर्ण जितेको छ । शनिबार सम्म ४३ स्वर्ण जितेको नेपाललाई आइतबार गौरिकाले पहिलो स्वर्ण दिलाएकी हुन् । तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । यसअघि एउटै सागमा दुई स्वर्ण जित्ने खेलाडी थिए ।
Leave a Reply