राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको ला परवाही, लाइभ कार्यक्रममै बोले झु ट

काठमाडौं । कार्यक्रमको गत एपिसोडमा हामीले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी सुटिङ खेलका खेलाडीहरुले हतियार नपाएको बिषय प्रस्तुत गरेका थियौं ।

साथै पोखरामा भएको ट्रायथलनमा स्वर्ण विजेता सूमी गुरुङले ट्रायसुट र साइकल नपाएको बिषयमा पनि रिपोर्टिङ गरेका थियौँ ।

यो बिषयमा जवाफ दिदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश सिलवालले झुट बोलेका थिए । उनले सुटिङ खेलाडीका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित संघलाई दिएको र सामग्री अभाव भन्ने बिषयमा हामीले नकारात्मक सन्देश फैलाउन खोजेको आरोप लगाएका थिए ।

त्यस लगत्तै हामीले सुटिङ खेलका खेलाडी बसुरुद्दीन अन्सारीसँग लाइभ टेलिफोन सम्पर्क गर्दा उनले आफूहरुले २० बर्ष पूरानो एउटा हतियारको भरमा तयारी गरिरहेको र रमेश सिलवालले झुट बोलेको स्पष्ट पारेका थिए ।

यति मात्रै होइन सदस्य सचिव सिलवालले त पोखरामा ट्रायथलनमा आफै उपस्थित भएर सोनीलाई शुभकामना दिएको दाबी गर्दै साइकल उनले लिन नमानेकी तर, ट्रायसुट दिएको घमण्ड नै गरे ।

हामीले लाइभमै सोनी गुरुङलाई पनि फोन सम्पर्क गर्दा उनले पनि रमेश सिलवाल झुट बोलेको स्पष्ट पारिन् । उनले राखेपले आफूलाई साइकल, ट्रायसुट केही नदिएको दोहो–याइरहिन् ।

राखेपका सदस्य सचिव सिलवालले सुटिङका सम्पूर्ण सामग्री संघलाई दिएको दाबी गरेका थिए । तर, सुटिङ संघले ८ महिना अघिदेखि सुटिङ खेलका लागि आवश्यक हतियारको माग गर्दा पनि शुक्रबार प्रतिस्पर्धा सुरु हुँदासम्म पनि हतियार नदिएको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ बताउँछन् ।

राखेपका सदस्य सचिव सिलवालले विहीबार राति हाम्रो कार्यक्रममा बोलेको झुठ शुक्रबार दिउँसो सुटिङ प्रतिस्पर्धाका क्रममा प्रमाणित भयो । नेपालको प्रतिनिधित्व गर्दै खेलमा सहभागी भएकी श्रेया केसीले प्रतिस्पर्धामा ६० राउण्ड प्रहार गर्नुपर्ने थियो, तर उनलाई राखेपले दिएको २० बर्ष पूरानो खिया लागेको हतियारले ४६ गोली प्रहार गरेपछि चल्नै छोड्यो ।

हतियार रोकिएसँगै पहिलो चरणमा राम्रो प्रदर्शन गरेकी श्रेयाको पदक सपना पनि रोकियो । नेपाली खेलाडीलाई हतियार नदिई खेलमा सहभागी गराएपछि प्रतिस्पर्धीसँग हतियार मागेर खेल्दा खेलाडीमा मनोवैज्ञानिक असर समेत परेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*