‘स क्किगो नी” मा धुर्मुसको इ न्ट्री

काठमाडौं । ‘पछिल्लो समयको निकै नै लोकप्रिय र चर्चित हँस्य टेलिसिरियल “सक्किगो नी” को १२ अौं भाग चितवनको भरतपुरमा छायांकन गरिएको थियो ।”

कलाकार तथा समाजसेवी धुर्मुस सुन्तलीको अगुवाइमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालामा पुगेर “सक्किगो नी” टिमले सन्देशमुलक टेलिसिरियल निर्माण गरेका हुन् ।

यो हप्ताको नयाँ भागमा सीताराम कट्टेल धुर्मुस पनि देखिएका छन्, रंगशाला विशेष कार्यक्रम भएकोले धुर्मुस पनि अटाएका हुन् ।

दर्शकले अत्यधिक रुचाइएको सिरियल भद्रगोल बाट छुट्टिएर नयाँ सिरियल निर्माणमा हात हालेका कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले गौतम बुद्ध रंगशाला निर्माणमा सुरुवाती दिनदेखिनै सहयोग गर्दै आइरहेका छन् ।

समसामयिक बिययलाई समेट्दै १२ अौं भाग सम्म आइपुगेको सक्किनीले दर्शक हसाउने काम मात्र गरेका छैनन् सिरियलले समाजलाई केहीन केहि सन्देश दिइरहेको पाइन्छ ।

यो पनि पढ्नुहोस : काठमाडौं, १८ मंसिर । नेपाली भूमी समेत समेटेर भारतले हालै जारी गरेको नक्साका बारेमा भारतसंग औपचारीक कुराकानी गर्न जान लागेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण तत्कालका लागि रोकिएको छ । उनी नेपालका तर्फवाट विशेष दुत बनेर भारत जान लागेका थिए । भारत गएर उनले प्रत्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुराकानी गर्ने कार्यक्रम थियो । तर भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो

‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन।’ नेकपा सचिवालय बैठकले यस विषयलाई गम्भिर रुपमा लिएर वरिष्ठ नेता माधव नेपाललाई विशेष दुतका रुपमा पठाउने निर्णय गरेको थियो । मंसिर ४ गतेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए। यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन्। नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन्।

नेपालबाट जाने विशेष दूतसँग भेटवार्ताको समयका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ। नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए। बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए। भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरोध भइरहेको छ। सरकारले भने यो समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल सुरु गरेको हो।

भारतले नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको सवत्र विरोध भइरहेको छ । नेपालका तर्फवाट प्रधानमन्त्री केपी शर्मा ओली आफैले पनि सार्वजनिक रुपमा सो कुराको विरोध गर्दै भारतीय सेनालाई कालापानीवाट हटाउन भारतीय समकक्षीलाई अपिल गरेका छन् । सिमानाका विषयमा वहालवाला प्रधानमन्त्रीले यसरी सार्वज्निक अभिब्यक्ति दिएको पहिलो पटक हो । प्रधानमन्त्रीको सो भनाई पछि भारतमा निकै चर्चा भएको थियो । नेपाली भूभागको रक्षा गर्न र कुटनीतिक तरिकाले समस्या समाधान गर्न सरकारलाई दवाव समेत परेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*