काठमाडौं । काठमाडौंमा हिजो यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । बिहिबार ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम शुक्रबार बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढेको छ । देशका पश्चिमी, मध्य र पूर्वी पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ भने बाँकी भुभागको मौसम सामान्यतया सफा छ ।
Leave a Reply