अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको नि धन

राजबिन थापा, टोकियो । टोकियोमा एक जना नेपाली युवाको नि’धन भएको छ। अध्ययनका लागि जापान आएका डडेलधुरा भद्रपुर ५ घर भई हाल काठमाडौं निवासी २५ वर्षिय सुरज मल्लको गत आइतवार बिहान उपचारको क्रममा अस्प तालमा नि’धन भएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिसका कारण मृ’त्यु भएको बताईएको छ । विरलै सुनिने यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं र’क्तसंचारमा गडबडी हुन जाने र हृ’दयघात पनि हुन सक्ने ख’तरा रहने बताईन्छ । आजको नेपाल समाचार पत्रमा खबर छ ।

नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासी स्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको रउपचार कै क्रममा आइतवार बिहान करीव ११ बजे तिर उनको नि’धन भएको प्रहरी जनाएको छ । प्रहरीले नेपाली राजदूतावास मार्फत नेपाल मा रहेका उनका परिवारलाई खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अ’न्त्येष्टि गर्ने तयारी भईरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*