काठमाडौं, मंसिर २० । न्यायपरिषद्का पदाधिकारीबीच राय नमिलेपछि बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश सिफारिस भाँडिएको छ।
परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्न बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए।
वैदिकका नाममा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सर्वाेच्चका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले असहमति जनाएका छन्। उनीहरूको लिखित असहमति भने आएको छैन।
‘पहिलेदेखि नै मन्त्री र केसी श्रीमानको चित्त नबुझेको अवस्था हो,’ परिषद स्रोतले भन्यो, ‘नेपाल बारको विज्ञप्तिले फरक मतलाई राहत दियो। अब को हुन्छ यसै भन्न सकिने अवस्था रहेन।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा यम विरहीले लेखेका छन्।
परिषद बैठक बस्ने तयारी भइरहेका बेला वैदिकका विषयमा असन्तुष्टि जनाउँदै नेपाल बारले विज्ञप्ति जारी गरेको थियो।
Leave a Reply