लगातार दुई स्वर्ण जितिन् निमा घर्ती मगरले

काठमाडौँ / अहिले तेह्रौँ दक्षिण एशियाली खेलकुद ९साग० चलिरहेको छ । बिहिबार भएको उसुको नानछ्वान अलराउन्डमा निमा घर्तिमगरले स्वर्ण पदक जितेकी छिन् ।उनले खेलको पहिलो राउन्डमा ९।१३ अंक जोडिन् भने दोस्रो राउन्डमा जोडीन् । समग्रमा १८।९१ अंक प्राप्त गर्दै उनले स्वर्ण पदक जितेकी हुन् । यससँगै उनी उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।

उसले हिँड्न कहिले जानिन, जहिले कुद्ने मात्रै । यस्तो कीर्तिमान बनाउन पो रहेछ, देशको नाम उचो बनाउन कुद्ने रहिछ उ, हामीले भने जहिले सुस्त हिँड्न छोरी भनिरह्यौँ ।’दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी सन्तोषी श्रेष्ठका पिता विष्णुकुमार श्रेष्ठको भनाई हो यो ।सन्तोषीले मंगलबार दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा भारतकी कविता यादवलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।सन्तोषीले स्वर्ण जित्दाको क्षण उनकी आमा लक्ष्मीदेवी श्रेष्ठ पनि त्यहिँ थिइन् । ‘छोरी पहिलो भएको र स्वर्ण पदक जितेको थाहा पाएपछि आँसु

झरेछ, त्यो खुशीको आँसु थियो’ सन्तोषीकी आमा लक्ष्मीदेवीले भनिन्, ‘हिजो भन्दाअघि सम्म हाम्री छोरी हो जस्तो लाग्थ्यो, अब चाहिँ उ हाम्री मात्रै होइन देशकी छोरी रहिछ भन्ने थाहा भयो ।’मंगलबार भएको प्रतिस्पर्धामा स्वर्ण जितेकी सन्तोषीलाई बुधबार रंगशालामा विशेषकार्यक्रमका गरी पदक वितरण गरियो । सो समारोहमा उपस्थित रहेकी आमा लक्ष्मीदेवीले भनिन्, ‘म जस्तो आमाको दूध खाएको छोरीले पनि देशका लागि स्वर्ण पदक जित्न सक्ने रहिछ भन्ने लागेको थियो हिजो उसले पदक जितेको थाहा पाएपछि ।’

सन्तोषीका पिताले भने, ‘उसले प्राप्त गरेको यो सबै सफलता उसको व्यक्तिगत मेहनतको फल हो । पढाइमा राम्री थिइ, काम पनि गर्ने, त्यसपछि बाँकी रहेको समयमा गरेको प्रशिक्षणबाट उसले स्वर्ण पदक जितेकी हो ।’उनले भने, ‘विभागीय टोलीमा भएको र त्यहाँ जस्तो नियमित प्रशिक्षण लिन पाएको भए उसले शायद अझै राम्रो गर्ने थिइ ।’धादिङमा हुँदा उकालो–ओरालो गर्दा पनि सन्तोषीले हिँड्ने नभइ कुद्ने गरेको र त्यो सबै आजको दिन देख्नका लागि रहेछ भन्ने लागेको उनले उनले बताए। मंगलबार भएको प्रतिस्पर्धामा सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितेकी हुन् ।भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समयमा दौड पूरा गरेर कास्य पदक हात पारिन्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*