काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री ओलीलाई बिहीवार अपराह्न डिस्चार्ज गरेको हो ।
पेट दुखेपछि ओली यही मंसिर १० गते अस्पताल भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि आकस्मिक शल्यक्रिया गरिएको थियो ।
अस्पताल परिसरबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ्य भएर फर्किन लागेको प्रतिक्रिया दिए ।
डिस्चार्ज गर्दै अस्पतालले ओलीलाई केही दिन आराम गर्न सुझाव दिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएको जनाइएको छ ।
Leave a Reply