पाल्पा: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले मुलुकको परिस्थिति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। मुलुकको अहित चाहनेहरूले विभिन्न चलखेल गरिरहेको उनले दाबी गरेका छन्। धार्मिक भ्रमणमा तानसेन आएका पूर्वराजा शाहले बिहीबार तानसेनस्थित श्री ७ रणउजिरेश्वरी भगवतीमा पूजाआरधना गरेपछि यस्तो बताएका हुन्।
देश समस्यामा परेको छ भन्ने कुरा सबैले महसुस गरेको भन्दै पूर्व राजा शाहले सबै मिलेर मात्रै जित हुने बताउनुभ याे। आशा छ, यसबाट हामी सबै नेपालीले छुटकारा पाउने छौँ। यद्यपि सबै जागरुक हुनु पर्नेमा उनले जोड दिए । ‘हामी सबै नेपाली एक ढिक्का भएर बस्नुपर्छ। सबै नेपालीको सम्बन्ध भाइचाराको बन्नुपर्छ’ उनले थपे ‘जहिले पनि यसको लागि मैले प्राथना गरिरहेको छु।’
अहिलेको परिस्थिति अलि अप्ठेरो अवस्थामा रहेको आफूलाई महसुस भएको उनले बताए। त्यसले आफ्नो मनभित्र राष्ट्रप्रतिको राष्ट्रियता जगाएको उनी बताउछन्। ‘त्यसको रक्षा हमी सबै मिलेर गर्नुपर्छ’ पूर्वराजा शाहले भने। जबसम्म देशमा शान्ति हुँदैन तबसम्म सबै नेपाली ढुक्क भएर बाँच्न नपाइने उनले बताए। मुलुकमा सबै बाँच्न पाउने गरी शान्ति स्थापना गर्न जस्तोसुकै परिस्थिति भए पनि नेपाली एक ढिक्का भएर लाग्नुपर्ने पूर्वराजा शाहको भनाइ छ।
Leave a Reply