काठमाडौं: दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिन फिङलाई राष्ट्रपति भण्डारीले होटल सोल्टीमा रात्रिभोज दिएकी हुन्। रात्रिभोजमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव लगयताका शिर्ष नेताहरू सहभागी हुनु भएको छ ।
भोजमा चिनियाँ प्रतिनिधमण्डलका साथमा नेपालबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधान मन्त्रीहरु, मन्त्रीहरु, दलका शीर्ष नेताहरु, विशिष्ट सरकारी अधिकारीहरु, विशिष्ट व्यक्तिहरु र केही व्यवसायीलाई पनि निमन्त्रणा गरिएको छ।
रात्रीभोजका लागि परराष्ट्र मन्त्रालयले ७ वुँदे सर्त राखेकाे थियाे । भोजका लागि निम्ता पाएपनि सहभागी हुने नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै नथ्थी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई शनिबार साँझ सोल्टी होटलमा रात्रिभोज दिएकी छन्।
Leave a Reply