वर्षेनी छोरी खो ज्न नेदरल्याण्डबाट नेपाल आ उँछिन् यी ७८ वर्षकी आमा

काठमाडौं: २२ वर्षअघि नेदरल्याण्डकी जिन भान भेगलले छोरी कोरीलाई नेपाल घुमाउन ल्याइन्। पहिलो पटक नेपाल आएकी कोरी यहाँका सम्पदा र हिमालसँग सम्मोहित भइन्। आमाछोरीले त्यतिबेला मुस्ताङमा पदयात्रा गरे। कोरीकी दिदी करिन भान भेगल सन् १९९५-२००१ सम्म कृषिसम्बन्धी परियोजनामा काम गर्न नेपाल बसेकी थिइन्।

पहिलो पटक नेपाल आउँदा नै रोमाञ्चित भएकी भेगल आमा छोरी त्यस पछि पनि नेपाल आइरहे । सुरूमा आमासँग आएकी कोरी पछि एक्लै नेपाल आउन थालिन् । नेपाली आतिथ्यता र माटोसँग परिचित भइसकेकी कोरीको छुट्टी बनाउने गन्तव्य नै नेपाल बन्यो। नेपाल घुमेर उनी कहिल्यै अघाइनन्, पदयात्रा गरेर कहिल्यै थाकिनन्। २ वर्षअघि फेब्रुअरी २०१८मा पनि कोरी एक्लै नेपालका डाँडाकाँडा र हिमाल नापिरहेकी थिइन्।

नेदर ल्याण्डबाट एक महिनाका लागि नेपाल उडेकी कोरी ७ फेब्रुअरी २०१८ मा काठमाडौं ओर्लिन् । लगत्तै पोखरा आएर अन्नपूर्ण क्षेत्रमा पदयात्रा थालिन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग प्रवेश अनुमति लिँदा उनले अन्नपूर्ण बेसक्याम्प (एबिसी) जाने भनेकी थिइन्। एबिसी पदमार्गको एक्यापअन्तर्गत बिरेठाँटी चेकपोस्टमा १३ फेब्रअरी २०१८ मा कोरी चेक इन भएकी थिइन्।

त्यसपछि भने उनको बाटो मोडिएछ। उनी एबिसी होइन बाटोबाटै म्याग्दीको पुनहिलतर्फ लागिन्। पुनहिलबाट फर्केर उनी मर्दी हिमालको पदयात्रामा हिँडिन्। मर्दी पदमार्गको हाइक्याम्प स्थित होटल ट्रेकर्स प्याराडाइजमा उनी १९ फेब्रुअरीमा बास बसेकी थिइन्। पर्यट कको भीडले कोठा नपाएकी कोरीले त्यो रात होटलको डाइनिङ टेबलमै बिताइन्। भोलिपल्ट बिहानै मर्दी बेस क्याम्प (४५००मिटर) चढिन्, फर्केर फेरि हाइक्याम्पमै बसिन्।

अघिल्लो रात बसेको होटलमा कोठा नपाएपछि कोरी माछा पुच्छ्रे होटलमा सरिन्। होटलमा रहेको इन्टरनेटबाट भोलिपल्ट बिहानै छोरी रेइनलाई उनले म्यासेज पठाइन् । उनको म्यासेजमा लेखिएको थियो- म फेरि पनि हिमालका माथि माथि सम्म गएँ। फर्किँदा निकै गाह्रो भयो। आज मौसम खराब छ: तुँवालो लागेको छ, असिना पर्छजस्तो छ। म अहिले एक लजजस्तो ठाउँमा छु।

भोलि बिहान ५-६ बजेतिर सबैजना हिमाल र सूर्योदय हेर्न अग्लो ठाउँमा जाँदैछन्। म्यासेजसँगै मर्दी हिमाल बेस क्याम्प (४५०० मिटर) मा खिचिएको तस्बिर, सेल्फी सुर्योदय हुनुपूर्वको आकाश र पोखरा सेरोफेरो घुम्दाका तस्बिर पनि थिए। मर्दी हिमाल बेस क्याम्प (४५०० मि) मा खिचिएको बेपत्ता कोरीको तस्बिर। उनले अन्तिम पटक यो तस्बिर आफ्नी छोरी रेइनलाइ पठाएकी थिइन् ।

कोरीले नेपाल ओर्लिएदेखि नै आफूलाई लागेका अनौठा तस्बिर र अनुभव निरन्तर छोरी र परिवारलाई पठाइरहेकी थिइन्। हाइक्याम्पबाट आमाले पठाएको सन्देश र फोटो हेरेर नेदरल्याण्डमा रेइन मुस्कुराइन्। उनलाई के थाहा ती शब्द र तस्बिरनै आमाले पठाएका अन्तिम कोसेली हुनेछन् भनेर! छिनछिनमा मौसम बदलिरहने बादलले ढपक्कै ढाक्ने मर्दी पदयात्रामा कोरी त्यसपछि कहाँ गइन्, कता पुगिन्, अहिलेसमम कसैलाई पत्तो छैन।

पदयात्राबाट फर्केपछि पोखरा विपासना केन्द्रमा ध्यान बस्ने कोरीको योजना थियो । ध्यान बस्दा दुई साता सम्प’र्क विहीन हुने रेइनलाई जानकारी गराइसकेकी थिइन्। पोखरा विपासना केन्द्रमा ‘अप्रिल कोर्स’ उनले बुक गरेकी थिइन् । कोर्स सुरू हुने बेला भयो तर कोरी आइपुगिनन्। उनले प्रयोग गरेको नेपाली मोबाइल नम्बर र इमेलमा केन्द्रले बारम्बार सम्पर्क गर्‍यो। फोन लागेन इमेलको जवाफ पनि आएन।

त्यसपछि त्यहाँका कर्मचारीले कोरीकी छोरी रेइनलाई इमेल लेखे- तपाईंकी आमाले यस केन्द्रको अप्रिल कोर्स बुक गर्नुभएको थियो तर आउनुभएन। हामीले फोन गर्‍यौं। इमेल पनि पठायौं तर कुनै जवाफ आएन। उहाँले प्रयोग गर्ने नेपाली मोबाइल नम्बर ९८२४११२ ९२३ हो। आशा छ तपाईंले आफ्नी आमासँग कुरा गर्न सक्नु हुनेछ। ९ अप्रिल २०१८ मा यस्तो इमेल पाएपछि रेइनका मनमा चिसो पस्यो।

हाइक्याम्पबाट फर्केर परिवारमा कुनै सम्पर्क नगरेकी कोरी ध्यानमा मग्न होलिन् भन्ने उनीहरूको भरोसा थियो। ध्यान सकिने बेलासम्म पनि विपासाना केन्द्रको सम्पर्कमै नपुगेको जानकारीले परिवारमा छटपटी भयो। परिवारको तर्फबाट बारम्बार सम्पर्कको प्रयास भयो, तर कोरीसँग सम्पर्क भएन। परिवारले कोरीलाई खोजी गरिदिन आग्रह गरे।

नेपालमा हिमाली क्षेत्रमा हराएका पर्यटकको उद्धारमा लाग्ने विभिन्न संघसंस्था र व्यक्तिको समूह बनाएर खोज्न पठाइयो। कोरी कहीं भेटिइनन्। आफैंले नेपालका हिमाल र पहाड चिनाएकी छोरी तिनै हिमालमा कतै हराएको कुराले आमा जिनको मन भारी भयो। आफू पहिला पनि हिँडेको बाटो भएर होला आफैं आएर खोज्ने हिम्मत जुट्यो।

छोरीको सास नभए लास भेट्ने लक्ष्य बोकेर ७८ वर्षकी जिन केही समयपछि नेपाल आइन्। छोरी हिँडेको बाटो हिँडेरै खोजिन् । तर भेटिनन्। दुई वर्षयता जिन नेपाल घुम्नभन्दा पनि हराइ रहेकी छोरीका पदचाप पछ्याउन नेपाल आउँ छिन्। नेपाल प्रहरीको टोली र तालिम प्राप्त कुकुर लिएर उनी मर्दी पदमार्गमा छोरी खोज्न गइन्। तर रित्तै फर्कनुपर्‍यो। सेतोपाटिमा युवराज श्रेष्ठले लेखेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.