जाजरकोट । ५ वटा पत्नी बिहे गरेर पनि छोराछोरी नभएपछि विरक्तिएर घर छोडी भारत गएका नलगाड नगरपालिका–३ का ८२ वर्षीय दलबहादुर बुढा अहिले वृद्धाश्रममा बस्दै आएका छन् ।
उनको साथमा अहिले पत्नी र आफन्त नभएकाले विगत ७ वर्षदेखि वृद्धाश्रममा बस्दै आएको बताउँदै उनले भने, ‘मेरो सम्पत्ति खाने भाइका छोरा अहिलेसम्म भेट्न आएका छैनन्, न त अन्य कोही आफन्त मेरोबारेमा कहाँ छ, के गर्छ भन्ने चासो नै देखाउँछन् ।’
भाइका छोरालाई आफ्नो छोरा सम्झी आफ्नो नामको सम्पत्ति सबै दिएको भन्दै उनले थपे, ‘मेरो नाममा आउने वृद्धभत्ता कैना गएर बुझी ल्याएर गाउँका चन्द्रबहादुर बुढालाई राख्न दिएको छु, मर्दाखेरी कत्रो किन्ने पैसा जम्मा गरेर राखेको छु, आफन्तले हेर्दैनन् के गर्नु ?’
भेरी नगरपालिका–१ डिगाका ७५ वर्षीय कुमार थापा उनका दैनिक कुरा मिल्ने साथी हुन् । आफ्नो उमेर मिल्ने धेरै भए पनि मन मिल्ने थोरै भएको उनको भनाइ छ ।
मन मिल्ने साथीहरू दैनिक कुरा गरेर, बारी गोडमेल गरेर दैनिक समय बिताउने गरेको उनको भनाइ छ । आफूजस्तै दैनिक ७० भन्दा बढी वृद्ध वृद्धाश्रममा आएर दुःखसुखका कुरा बाँड्ने काम हुँदै आएको छ । दुःखसुखका कुरा बाँड्दा मन हलुको हुने गरेको कुमार थापाले बताए ।
आफन्तसँग कुरा नभए पनि वृद्धाश्रममा भएका आफ्नै उमेरका साथीहरूसँग गफ गरेर चित्त बुझाउने गरेका थापाको भनाइ छ । आफूजस्तै जिल्लाभरि धेरै वृद्ध भएपनि सबैले राम्रो व्यवहार नपाएको भन्दै थापाले चित्त दुखाए । उनले भने, ‘उमेर छउञ्जेल सबैले काम लिनका लागि माया गर्दा रहेछन्, आजभोलि उमेर गयो, वृद्ध भयौं, काम गर्न सकिँदैन, सबैले हेला गर्न थाले ।’
शनिवार जाजरकोट सदरमुकाममा स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखामा सदरमुकाममा उपलब्ध ७० भन्दा बढी वृद्धलाई वृद्धाश्रममै जम्मा गरेर सम्मान गरेपछि सबैका आँखामा खुशीका आँशु देखिन्थे । ‘कोही नहुनेको भगवान् हुन्छन् भन्थे, हो रहेछ’ भन्दै सबैले एकै स्वरमा स्वास्थ्य कार्यालयबाट आएर सम्मान गरेकामा खुशी प्रकट गरे ।
भेरी नगरपालिका–४ का रतिवान बुढाले भने, ‘हामीलाई बिहान एकै पटक वृद्धाश्रममा आएर हजुरहरूलाई माया, सम्मान र औषधि गर्नुछ भन्दै अस्पतालका अध्यक्ष धर्मशीला बस्नेत छोरीले भनिन्, साथमा डाक्टरसाब आउनुभएको रहेछ, हाम्रा कुरा सुन्न प्रदेशका माननीय करवीर शाहीसमेत आएका रहेछन् ।’
स्वास्थ्य सेवा कार्यालयको सबै टिम र प्रदेशसभा सदस्यको सहभागितामा सम्मान तथा औषधिसमेत उपलब्ध गराएपछि महिना, महिनामा आएर स्वास्थ्य अवस्था बुझ्न वृद्धहरूले सबैलाई आग्रहसमेत गरेका थिए । जिल्लाका सबै ठाउँमा रहेका वृद्धलाई सम्मान, माया गरी भगवान्को आशीर्वाद पाउनसमेत ज्येष्ठ नागरिकले आग्रह गरेका थिए । स्वास्थ्य सेवा कार्यालयले अहिले पनि प्रत्येक महिना निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ ।
जिल्लाका सबै वृद्धलाई यसरी नै औषधि गरेर एक दिन भएपनि थप संसार देख्ने वातावरण बनाउन ज्येष्ठ नागरिकको अनुरोध छ । जिल्लाका सबै स्थानीय तहले ज्येष्ठ नागरिकको कुरा सुन्नुपर्ने कुरामा समेत उनीहरूले जोड दिएका थिए ।
over the counter viagra how much is viagra
best place to buy viagra online
best medicine for ed cheap ed pills
cheap ed pills from canada
cheap ed pills from canada ed pills online
cheap ed pills in mexico
cheap ed pills from india ed pills without a doctor prescription
buy ed pills