चे ल्सीको स हज जि तमा तीन फ रक गो लकर्ता

एजेन्सी ।  तीन फरक खेलाडीको एक/एक गोल मद्दतमा चेल्सीले इङ्लिस प्रिमियर लिगमा बर्न्लीलाई ३-० नतिजामा पराजित गरेको छ।

स्ट्याम्फोड ब्रिजमा भएको खेलको २७औं मिनेटमा पाएको पेनाल्टीमार्फत चेल्सीले अग्रता लिने मौका पाएको थियो। विलियनलाई पेनाल्टी एरियामा बर्न्लीका खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई जजिन्होले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए।

त्यसको ११ मिनेटपछि ट्याम्मी अब्राहमले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले रिस जेम्सको क्रसलाई सशक्त हेडरमार्फत गोलमा परिणत गरेका थिए।

पहिलो हाफमा २-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा एक गोल थप्दै सहज जित दर्ता गर्‍यो। भ्रमणकारी टोलीमाथि हाबी बनेको चेल्सीका लागि कालुम हडसन ओडोइले ४९औं मिनेटमा अग्रता ३-० मा लम्ब्याएका थिए।

जितसँगै २२ खेलबाट ३९ अङ्‍क जोडेको चेल्सी ३९ अङ्‍कसहित चौथो स्थानमा यथावत् छ। पराजित बर्न्ली समान खेलबाट २४ अङ्‍क जोड्दै १५औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published.