रामचन्द्र पौडेललाई ह’राउने यी सांसदले लिँदैनन् तलब

काठमाडौं । रामचन्द्र पौडेललाई हराएका प्रतिनिधिसभा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका–७ स्थित चण्डिकालाल प्राथामिक विद्यालयको एक शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सांसद श्रेष्ठले विद्यालयको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्राथामिक तहका एक शिक्षकलाई एक वर्षको तलब दिने घोषणा गर्नुभएको हो ।

शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्नसक्ने अवस्था नभएका कारण सांसद श्रेष्ठले एकजना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तबरबाट उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाका लागि रकम उपलब्ध गराउन लागेको बताउनुभयो ।

सांसद श्रेष्ठले हालसम्म सांसदका रुपमा आफूलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न सङ्घ संस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।

7 Comments

Leave a Reply

Your email address will not be published.