‘छ मा या छ पक्कै’ को स फलताप छि केकीलाई भ्या इनभ्याइ !

काठमाडौ ।  लगातार फिल्म असफल भएर पनि व्यस्ततामा कुनै कमी नआएकी अभिनेत्रीमा पर्छिन्, केकी अधिकारी । फिल्म ‘स्वर’ बाट अभिनयमा डेब्यू गरेकी यी सुन्दरीले एक दशक लामो फिल्मी करिअरमा पहिलो हिट फिल्म दिइन्, ‘छ माया छपक्कै’ । २५ वटा सुपरफ्लप फिल्मपश्चात् उनको खातामा हिट फिल्म परेको हो । यद्यपि, यो फिल्म हिट भए पनि उनले क्रेडिट भने पाइनन् ।

एकपछि अर्को फिल्म असफल हुँदा पनि व्यस्त रहेकी केकीलाई फिल्म ‘छ माया छपक्कै’ को सफलतापछि झन् भ्याइनभ्याइ छ । हाल चर्चामा रहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की निर्मात्री समेत रहेकी उनी गएको एक महिनादेखि फिल्म ‘झिँगेदाउ’ को छायांकनमा व्यस्त थिइन् । यो फिल्मका कारण उनले साइन गरेको फिल्म ‘चालबाज’ समेत छाड्नु परेको थियो ।

‘झिँगेदाउ’ को छायांकन सकिए लगत्तै अभिनेत्री केकी बिहीबार साँझ अमेरिका प्रस्थान गर्दैछिन् । जनवरी ४ तारिखमा अमेरिकाको ओहोयास्थिति एक्रोनमा हुन लागेको ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनको अमेरिका बसाई एक महिना लामो हुने बताइएको छ ।

‘मेरो डान्स कप’ मा अभिनेत्री केकी निर्णायकको भूमिकामा छिन् । राम्रो पारिश्रमिक लिएर उनी यो रियालिटी शोमा निर्णायक बन्न लागेको जानकारी प्राप्त छ । ‘झिँगेदाउ’ पछि केकी फुर्सदिलो हुने कतिपयको अनुमान थियो । तर, यो फिल्मको छायांकन सकिए लगत्तै अमेरिका उड्न लागेकी उनलाई अझै केही समय भ्याइभ्याइ हुने देखिन्छ । भाग्य चाहिँ लिएरै आएकी हुन् केकीले !

Be the first to comment

Leave a Reply

Your email address will not be published.