
काठमाडौं, १८ पुस । नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो।
नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचनामा रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए। ट्रस्टलाई आम्दानी हुने भएकाले निजी क्षेत्रलाई लिजमा दिएर फाइदा लिनुपर्ने उनको तर्क छ।
ट्रस्टको अधिकतम हित हेरेर रिसोर्ट खोल्न दिने र त्यसबाट ट्रस्टले बिनालगानी फाइदा लिने कार्यकारी सचिवको भनाइ छ। ‘ती संरचनाहरु के गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन’, उनले भने। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
canadian online pharmacy tadalafil – tadalafil vs sildenafil buy tadalafil pills