
काठमाडौं । सबै प्रकारका सवारीसाधन चलाउँदा सवारी चालकले अनिवार्य रुपमा जुत्ता लगाउनै पर्ने भएको छ। यसैगरी अबदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनमा अनिर्वाय रुपमा भाडादर टाँस्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सुचना जारी गर्दै सवारीसाधनमा भाडादर टाँस्न निर्देशन दिएको छ। यात्रुहरुले भाडादर बारे जानकारी पाउन र नठगिउन् भन्दै यस्तो व्यवस्था गरिएको हो।
त्यसैगरी विभागले सवारीसाधनको चालकको फोटो सहितको सवारीचालक अनुमतीपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दुरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाईने, ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरेको छ।
सवारीमा लेखिएका सबै किसिमका स्लोगन वा कोटेशन मेटाउने, सवारीसाधनको क्याविनमा अनावश्यक सजावटका सामान एवम् म्युजिक सिस्टम नराख्ने नियम लगाएको छ।
विभागका महानिर्देशक गोगन बहादुर हमालले सवारी दु,र्घटना न्यु नी करण तत्कालका लागि अपनाईएका उपायहरु भएको जानकारी दिए।
उनका अनुसार पछिल्लो समय दु,र्घ,टना बढेपछि यातायात विभाग त्यसप्रति गम्भीर भएको छ। अहिले तत्काल गर्न सकिने उपायहरु अपनाउन लागिएको हो। दीर्घकालीन योजना बनाएर अघि बढिने हमालले जानकारी दिए।
buy real tadalafil online – tadalafil 20 mg buy generic tadalafil online