कुन समयमा बि रामी हुनु सबैभन्दा न राम्रो ?

बीबीसी । यदी हामीले हातको छालालाई विभिन्न समयमा याद गर्यौँ भने त्यो फरक देखिन्छ । यसरी हाम्रो हातमा दिउँसको समयमा कुनै चोटपटक लागेको वा पोलेको छ भने हाम्रो छाला, राति त्यही दुर्घटना हुँदाको तुलनामा दुई गुणा छिटो निको हुन्छ ।

यसरी दिनको समय अनुसार हाम्रो शरीरको प्रतिक्रिया छालामा मात्र नभइ सबैमा यस्तै हुन्छ । जस्तै खराब मौसमका कारण चिसो लाग्ने भएमा पनि हामीले चिकित्सकसँग बिहान भेटेको राम्रो हुनेछ । किनकी बिहान ९ देखि ११ बजेको समयमा लगाएको सुइ वा खाएको औषधिले ६ घण्टा पछिको तुलनामा शरीरमा चार गुणा बढी सुरक्षात्मक एन्टिबडी उत्पादन गर्न सक्छ । तर अर्कोतर्फ मुटुको शल्यक्रियाको विषयमा भने यसको ठीक विपरित कुरा लागू हुन्छ । यसमा हामीले दिउँसोको समयमा सर्जरी गराउँदा लामो समयसम्म जिवित रहने सम्भावना बढ्न जान्छ ।

यसरी हाम्रो मष्तिस्कदेखि प्रतिरोघात्मक प्रणालीसम्मको २४ घण्टे ‘रिदम’ हुन्छ जस अनुरुप हाम्रा सेल र टिस्युहरुले काम गर्छन् । यसलाई ‘सर्केडियन रिदम’ पनि भनिन्छ जसले संक्रमण वा चोटपटकपछि हामीलाई शारीरिक रुपमा ठीक गर्न निर्देशन गर्छ । यसबारेमा क्यानडाको ओन्टारियो स्थित युनिभर्सिटी अफ गुएल्फमा ‘सेन्टर फर कार्डिओभास्कुलर इन्भेस्टिगेसन’ का अध्यक्ष टामी मार्टिनो भन्छन्, “हामी शारीरिक रुपमा दिनमा जस्तो हुन्छौँ रातको समयमा त्यो भन्दा फरक हुनेछौँ । त्यसैले पनि क्यान्सरदेखि मुटु सम्बन्धी रोग वा आथ्र्रीटीस, एलर्जी सबैको उपचारमा यो रिदमलाई बुझ्न सकेमा बिरामीहरुलाई सबैभन्दा प्रभावकारी हुने वा कम क्षति पुर्याउने समयमा औषधि र उपचारको काम अघि बढाउन सकिन्छ ।” त्यस्तै यो रिदमलाई बलियो बनाउनुले बिरामीलाई छिटै ठीक गराउने र रोगको शारीरिक लक्षण पनि कम गराउन सक्छ । मार्टिनोले थप भने, “यो मेरो व्यक्तिगत मान्यता पनि हो कि ‘सर्किडियन’ औषधि प्रणालीले मानव स्वास्थ्यलाई व्यवस्थित गर्ने हाम्रो तरिकालाई सधैँका लागि बदल्न सक्छ ।

वास्तवमा हाम्रो शारीरिक अवस्था प्रत्येक घण्टा फरक हुन्छ भन्ने तथ्य प्राचीन कालदेखि मानिँदै आएको बताइएको छ । जस्तै ग्रिक हिप्पोक्रेट्सले ज्वरोको गम्भीरता जाँच गर्न २४ घण्टा रगतको प्रवाह अध्ययन गरेका थिए । त्यस्तै पारम्परिक चिनियाँ चिकित्सामा पनि भिन्दाभिनदै समयमा हाम्रो अङ्गले छुट्टै तरिकाले काम गर्नेबारे व्याख्या गरिएको छ । यसमा हाम्रो फोक्सोले बिहानको ३ देखि ५ बजे, मुटुले रातिको ११ देखि १ बजेको बीचमा र मृगौलाले बेलुकाको ५ देखि ७ बजेको समयमा सबैभन्दा उच्च स्तरमा काम गर्ने उल्लेख गरिएको छ । तरपनि यो समय हाम्रो शारीरिक घडीको हिसाबले रोग र उपचारमा छुट्टै तरिकाले काम गर्ने हालैका अध्ययनहरुले देखाएका छन् ।

यसरी हाम्रो शरीरको आवश्यकता, व्यवहार र जैविक रसायनलाई मिलाएर सो रिदमले हामीलाई वरपरको वातावरणका नियमित घटनाका लागि तयार राख्ने गर्दछ । र यो हाम्रो दिन र रातको दैनिक चक्रबाट निर्धारित हुने गर्दछ । त्यसैले पनि रातिको समयमा भन्दा दिनमा हाम्रा चोटपटक र रोग छिटो निको हुने गरेको बताइएको छ ।

अर्का विज्ञ जोन ओ निल भन्छन्, “हाम्रा सेलहरु जैविक समयमा घाउहरुलाई अधिक प्रभावकारी रुपमा ठीक गर्न सक्षम हुन्छन् जुनबेला ती घटनाको सम्भावना धेरै हुन्छ । त्यसैले हामी मान्छे भएको हुँदा हामीलाई मध्य रातमा चोटपटक लाग्ने सम्भावना अत्यन्तै न्युन हुन्छ तर दिनमा हामी शारीरिक रुपमा बढी सक्रिय रहँदा सजिलै घाउ हुन सक्छ । यसकारण पनि रातिको समयमा चोट ढिला निको हुन्छ । ” उनी आफैँले गरेको अनुसन्धानमा पनि दिउँसोको समयमा सेलहरु छिटो मर्मत हुन सक्ने देखिएको हो । त्यस्तै उनले विगतमा पोलेका घटनाहरुको विश्लेषण गर्दा पनि रातिको समयमा पोलेका घटनाका बिरामीलाई दिउँसोका बिरामीहरुको तुलनामा ठीक हुन ११ दिन बढी समय लाग्ने गरेको पत्ता लागेको छ ।

यसरी संक्रमण भएका बेला हाम्रो प्रतिरोघात्मक प्रणाली पनि जैविक रिदमबाट प्रभावित भइरहेको हुन्छ । शरीरले प्रतिरोघात्मक प्रणाली आवश्यक भन्दा बढी सक्रिय हुनबाट बचाउनका लागि पनि यस्तो तरिका अपनाउने गरेको भिरोलोजिस्ट रेचल एड्जर बताउँिछन् । यो तरिकाले अहिले संक्रमणहरुको उपचार गर्ने उत्साहजनक नयाँ सम्भावना दिलाएको उनको भनाइ छ ।

उदाहरणका लागि रक्तचापको औषधि, ‘भेलसर्टन’ बिहानमा भन्दा बेलुकी सेवन गर्दा बढी प्रभावकारी हुन्छ । त्यस्तै एस्प्रिन पनि बेलुकी बढी प्रभावकारी हुने बताइएको छ । विशेषगरी ह्दय प्रणालीको रिदम अत्यन्तै बलियो हुन्छ किनकी हामी सुतिरहेका बेला हाम्रो मुटुको गति र रक्तचाप एकदम तल झरेको हुन्छ भने उठ्दासाथै उच्च बिन्दुमा पुग्छ । यसै कारण रगत बगिरहनबाट जोगाउने प्लेटलेट्सले रातिको समयमा भन्दा दिउँसो हाम्रो रगत छिटो जमाउँछ । दिनमा एड्रनलाइन लगायतका हर्मोनको स्तर उच्च हुने हुनाले पनि यस्तो हुन्छ । मार्टिनो भन्छन् , “यदि हामीले आपत्कालीन सेवामा ह्दयघातका बिरामीलाई हेर्यौँ भने प्रायः सबै घटना अरु समयमा नभएर बिहान ६ बजेदेखि दिउँसोसम्म हुने गरेको देख्न सक्छौँ । ” यसरी हामीले सुत्ने समय र उज्यालोसँगको सम्पर्कलाई हलका रुपमा लिइरहेका हुन्छौँ तर वास्तवमा तिनले हाम्रो स्वास्थ्य र शरीरमा धेरै गम्भीर प्रभाव पारिरहेका हुन्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.