पुनर्निर्माणमा १४ लाखलाई रोजगारी

१३ पुस ,काठमाडौं/ भूकम्पपछिको पुनर्निर्माणका क्रममा १४ लाख मासिले रोजगारी पाएका छन् । पुनर्निर्माण जारी रहेका १४ जिल्लामा नेपाली तथा विदेशी श्रमिकले काम गरिरहेका छन् । यो ४ वर्षको तथ्यांक हो ।

भूकम्पपछि पुनर्निर्माण जारी रहेको ४ वर्षको अवधिमा १४ लाख २० हजार मानिसले रोजगारी पाएको भुकम्प प्रभावित जिल्लामा काम गदै आएको नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्स (एनडीआई)ले उल्लेख गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा काम गरिरहेको एनडीआईका अनुसार अहिले पनि ५ लाख ५० हजार मानिस पुनर्निर्माण कै काममा खटिएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.