पुस १५ गते सार्वजनिक विदा

कास्की, १३ पुस/ पुस १५ गते सार्वजनिक बिदा दिइने भएको छ । तमु समुदायको ठूलो पर्व रुपमा मनाइने तमु ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषको बैठकले बिदा दिने निर्णय गरेको हो ।


प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।

गुरुङ समुदायको सांस्कृतिक चाड तमु ल्होसारका दिन पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार बिदाको सूचना प्रकाशन गरि बिदाको जानकारी दिएको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् । तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय शुक्रबारै प्रदेश सरकारले गरेको मन्त्रालयले बताएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.