काठमाडौं, मंसिर २७ । विज्ञान प्रयोगशाला र अतिरिक्त क्रियाकलापका लागि पर्याप्त स्थान, उज्याला र चम्किला कक्षाकोठा साथमा आधुनिक बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह।
राणा शासनको सुरुमै १६६ वर्षअघि खुलेको दरबार हाइस्कुलको अहिलेको भौतिक अवस्था हो यो। नेपालमा आधुनिक शिक्षाको सूत्रपात गर्ने यो स्कुलमा त्यतिबेला राजपरिवार र राणाका सन्तान मात्र प्रवेश पाउँथे। बिस्तारै जनताका छोराछोरीले पनि पढ्न पाए।
२०२४ सालमा भानु माविमा परिवर्तन भएको यो स्कुलको राणाकालीन भवन २०७२ सालको भूकम्पले भत्कायो। अहिले विद्यालयको भवन भव्य बनेको छ। दरबार हाइस्कुलको सुविधायुक्त वातावरणमा पढ्न र पढाउन पाउने भएपछि विद्यार्थी र शिक्षक खुसी छन्। तर, विद्यार्थी कसरी जम्मा गर्ने भन्ने समस्या छ।
भवनमा भानु र संस्कृत माविका विद्यार्थी पढ्छन्। दुवै विद्यालयमा मुस्किलले तीन सय ५० विद्यार्थी छन्। थोरै मात्र नियमित स्कुल आउँछन्।
पढाइमा देखिएको बेवास्ता र फितलो व्यवस्थापनका कारण विद्यार्थी घट्ने क्रम बढ्दो छ। भवनमा साना ठूला ४६ वटा कोठा छन्। हरेक कोठामा ४५ जनासम्म विद्यार्थी अट्ने क्षमता छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।
‘अहिलेकै अवस्थामा दुवै विद्यालयका विद्यार्थी राख्ने हो भने पनि भवनभित्रै हराउने अवस्था छ’, एक साताअघि मात्र संस्कृत माविबाट सेवा निवृत्त पूर्वप्रधानाध्यापक बद्री दाहालले भने, ‘नयाँ योजना नबनाउने हो भने विद्यार्थी अभाव देखिन्छ। तर सबै सक्रिय भएर लाग्ने हो भने विद्यार्थी खोज्न कठिन छैन।’
पुरानो रूपको तर भित्री भागमा पूरै नयाँ युगको निर्माण सामग्री प्रयोग गरिएको छ। भवन ८० करोड रुपैयाँ लागतमा चीन सरकारले बनाइदिएको हो। विद्यार्थी अभाव हुने भएपछि नयाँ भवनको व्यवस्थापन कसरी गर्ने भन्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि अलमल्लमा छ।
‘रानीपोखरी वरपरका अन्य सामुदायिक विद्यालयलाई यही स्कुलमा गाभेर पढाउँदा राम्रो हुन्छ’, शिक्षाकै एक अधिकारीले भने, ‘यसको विरासत कायमै राख्न उपत्यकामा विज्ञान विषयको मात्र पढाइ हुने विद्यालयका रूपमा विकास गर्न पनि सकिन्छ।’
viagra cost per pill price of viagra
where to buy viagra
cialis without presciption in usa – buy cialis online at lowest price can i buy cialis online