जसपाका तीन नयाँ मन्त्री नियुक्त, आज साँझसम्म सपथ हुने

जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदकाे हेरफेर गरेकी हुन्।

मन्त्रिपरिषदकाे हेरफेरअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदिप यादवलाई नियुक्त गरिएकाे हाे।

आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरका थिए।

नयाँ मन्त्री नियुक्त भएसँगै भौतिकमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादव पदमुक्त भएका छन्।

नयाँ नियुक्त भएका मन्त्रीकाे साँझसम्म सपथ हुने बताइएकाे छ।

पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णय बाबुराम पक्षले अस्वीकार गर्ने

जसपाका अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णय गरेको भन्दै डा . बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ । जनता समाजवादी पार्टी नेपालको भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई कार्यान्वयनमा नल्याउन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएको हो ।

पार्टीमा आन्तरिक विवाद चलिरहेको अवस्थामा कसैसँग सल्लाह नगरी एकलौटी रुपमा तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन जना मन्त्री पठाउने निर्णय गलत भएको भन्दै निर्णय सच्याउनुपर्ने भट्टराई पक्षको माग छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाई सकेको छ ।

काठमाडौं असार २० समसामयिक राजनीतिक घटनाक्रममा विषयमा कम्यूनिष्ट शीर्ष नेताहरुबीच छलफल भएको छ । आज बेलुका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ,

एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल,सोही पार्टीका नेता झलनाथ खनाल, केहीदिन अघिमात्रै नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका नेता वामदेव गौतमबीच छलफल भएको नेताहरुको बताएका छन् ।