भारतका गृ हमन्त्रीले किन नि काले नेपालीको प्रसंग ?

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहले नागरिकता संशोधन विधेयकका सम्बन्धमा संसदमा सोमबार बोल्दै नेपालीको प्रसंग समेत निकालेका छन् ।

उनले संसदमा बोल्दै सन् १९५० को सन्धिको प्रावधानका आधारमा नेपालीले नागरिकता पाइरहेको बताएका हुन् । नागरिकता विधेयकको संशोधन भारतको तल्लो सदन लोकसभामा बहुमतले पारित गरिएको थियो । विधेयकमा मुस्लिमलाई विभेद गरिएको भनेर विपक्षीहरूले आपत्ति जनाइरहेका छन् ।

नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तान तीन देशका ६ वर्षदेखि बस्दै आएका ६ वटा धर्मावलम्बीलाई नागरिकता दिने नयाँ कानुन भारतले ल्याउन लागेकोमा विपक्षीले आपत्ती जनाएका हुन् ।

गृहमन्त्री शाहले भनेका छन्, ‘नेपालीको सन्दर्भमा ३१ जुलाई १९५० मा भारत—नेपाल शान्ति एवं मैत्री सन्धिको धारा ७ ले दुवै देश आफ्नो—आफ्नो क्षेत्रमा दोस्रो देशका नागरिकलाई निवास, सम्पत्तिको स्वामित्व, व्यापार, वाणिज्यसम्बन्धी अधिकार दिनका लागि सहमत भएका छन् । नेपाली नागरिकलाई पनि आवेदनका आधारमा आज पनि सजिलैसँग नागरिकता मिलिरहेको छ । यसमा कुनै बाधा छैन ।’ भारतको सो विधेयक माथिल्लो सदनमा भने पास हुन बाँकी छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.