काठमाडौ । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले श्रीमानको व्यस्तताले गर्दा आफुले समय नपाएको गुनासो पोखेकी छिन् । विवाह भएर दुई छोराछोरी भईसक्यो तर अहिले सम्म ऋषिसंग खुलेर समय बिताउन नपाएको कुरा क्यानाडा नेपालसंगको अन्तर्वार्तामा गुनासो पोखेकी छिन ।
छोरी एरिकाको हातको प्रत्यारोपण गर्न क्यानाडा पुगेर भर्खर नेपाल फर्केकी एलिजाले आफ्नो मनको कुराहरु खोलेर पोखेकी छिन । छोरीको जन्मजात हातको माथिल्लो भाग नहुँदा प्रत्यारोपण गर्न क्यानाडा गएकी थिईन । चिकित्सकहरुको सल्लाह अनुसार अहिले प्रत्यारोपण गर्नु उचित नहुँदा छोरी ठुली भएपछी गर्ने निधो गरेर नेपाल फर्केकी छिन । अन्तर्वार्ता कै क्रममा छोरीको बारेमा चिन्ता पनि व्यक्त गरेकी छिन भने श्रीमानबाट समय नपाउँदाको गुनासो समेत पोखेकि छिन ।
“वहाँ सधै व्यस्थ रहिरहने गर्दा आफुले समयको लागि किच किच गर्न पनि मन नलाग्ने फेरी वहाँ आफै पनि कामको लागि देशको लागि कुद्नु भएकोले पनि होला गर्व नै लाग्छ वहाँको काम देखेर । तर म श्रीमती भएको कारण श्रीमानसंग घुमुम समय बिताउँ भन्ने रहर लाग्छ तर त्यो अहिले सम्म पाउन सकेकी छैन । क्यानाडा जाँदा पनि फर्किने टिकट बोकेर जानुपर्छ । त्यहाँ पनि वहाँ काम मै व्यस्थ रहनुहुन्छ । विवाह पश्चात अहिले सम्म मैले श्रीमानसंग राम्रो संग समय बिताउन पाएकी छैन । छोरा र छोरी कै शहारामा बाँचिरहेकी छु ।”-क्यानाडा नेपाल
Leave a Reply